चारपाने । हरेक बर्ष फागुन ७ गते देशमा प्रजातन्त्र दिवस मानाई रहेको अवस्थामा आजकै दिन प्रकाश स्मृति दिवस यसबर्ष पनि मनाईएको छ ।
आचार्य बन्धु सेवा समाज द्वारा संचालन गरिदै आइएको प्रकाश स्मृति दिवस शुक्रबार झापाको विर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्र (वृद्ध आश्रम)मा सेवा मुलक काम गरेर मनाईएको छ ।
शुक्रबार त्याहाँ स्थित आश्रित ३१ जना वृद्धवृद्धालाई भोजन तथा मिष्ठान्न खुवाउने काम र संस्थालाई नगद ६ हजार प्रदान गरेर दिवस मनाईएको हो ।
१० बर्ष अघि इलाम कोलबुङका जुझारु युवा प्रकास आचार्य (पिसी)को झापा विर्तामोड नगरपालिका २ स्थित रामचोकमा सवारी दुर्घटनामा मृत्यू भएको थियो । उनको स्मृतिमा परिवारले स्थापना गरेको अक्षयकोषबाट हरेक बर्ष समाजका संर्घशिल व्यक्ति तथा स.स्थालाई सम्मान र पुरस्कृत गरिदै आएको अक्षयकोषका संरक्षक स्व. प्रकाशका पिता चुडामणी आचार्यले जानकारी दिए ।
आचार्य बन्धु सेवा समाजको आयोजनामा आयोजित सम्मान कार्यक्रको सभाध्यक्ष समाजका अध्यक्ष दिनेश आचार्यले गरेका थिए भने परोपकार केन्द्रका जग्गा दाता तथा संरक्षक गुरुप्रसाद ओझाको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मान कार्यक्रममा छविलाल लम्साल, गजेन्द्र आचार्य, चुडामणी आचार्य लगायतले प्रकाश स्मृति कार्यक्रमको चर्चा गरेका थिए ।
कार्यक्रमको संचालन पदम भेटुवालले गरेका थिए ।