Aamsanchar

नेपाल शिक्षक संघ विर्तामोड द्वारा प्रधानाध्यापकहरु सम्मानित

Author Image
शुक्रवार, फागुन ७, २०७७

विर्तामोड । नेपाल शिक्षक संघ विर्तामोडको तेश्रो नगर प्रतिनिधि सभा सम्पन्न भएको छ ।

संघका कार्यवहाक सभापति लता खरेलको अध्यक्षतामा आयोजित सभामा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आथित्यता रहेको थियो ।

शुक्रबार भएको कार्यक्रममा उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विदालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, महेन्द्र रत्न माध्यमिक विद्यालयका शिक्षक रविन कुमार शर्मा, महेन्द्र ज्योती माविका शिक्षक तारा पोख्रेल, वीरअमर सिंह माविका शिक्षक धन्नञ्जय भेटवाल ,सरस्वती माविका शिक्षक मनकुमार कन्दङ्वा, महेन्द्र रत्न माविका बाल शिक्षक छत्रकुमारी कार्की सम्मान गरिएको छ ।

सोही कार्यक्रममा अवकास प्राप्त महेन्द्र रत्न माविका पुर्व प्रधानाध्यापक मनबहादुर लिम्बू, मोहनमाया माविका प्रधानाध्यापक विन्दु श्रेष्ठ, देवी मावि विर्तामोडका प्रधानाध्यापक लेखनाथ भट्टराई सहित १८ जनालाई दिर्घ सेवा सम्मानद्वारा सम्मान तथा विभुषित गरिएको थियो ।

नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेल, नेपाल शिक्षक महासंघ झापाका सचिव तोया दाहाल र नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलले मन्तव्य राखेका थिए । त्यसैगरी विर्तामोड नगरपालिका वडा ६ का वडाध्यक्ष सुर्य कन्दङ्गवा,नेपाली काँग्रेसका विर्तामोड उपाध्यक्ष भोलानाथ पौडेल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य सुधिर कुमार शिवाकोटीले शिक्षा जस्तो विषयमा राज्य गम्भीर बनी संघीय शिक्षा ऐन मार्फत तमाम बाल शिक्षक कर्माचारी, राहत अनुदान, उच्च मावि शिक्षक करारमा कार्यरत शिक्षकहरुको समस्या राज्यले हल गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर