Aamsanchar

आजको राशीफल (८ फागुन २०७७, शनिवार)

Author Image
शनिवार, फागुन ८, २०७७

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक प्रेम बढेर जानेछ । सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

सामान हराउने वा चोरी हुने भयछ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज पदोन्नतीको सम्भावना प्रवलछ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

साथीभाईबाट सहयोग मिल्नेछ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रमअनुसार सफलता मिल्न समय लाग्न सक्छ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहला ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर