काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०६ औ हप्ताको सफाइ संगै मेची–महाकाली सफाइ अभियान को लोगो सार्बजनिक गरिएको छ ।
वाग्मती नदी किनारामा एक कार्यक्रमका बीच राष्ट्रिय सभाका सांसद तथा कलाकार कोमल ओली र वाग्मती सफाइ अभियन्ता पूर्वमुख्य सचिव लीलामणी पौड्याल द्वारा लोगो सर्वजनिक गरिएको मेची–काली अभियानका अभियन्ता बिष्णु आचार्यले जानकारी दिए ।
सभ्य नागरिकको पहिचान, सफाईमा मेरो योगदान । म मेरो बासस्थान, कर्मथलो र सार्वजनिक स्थल वरपर फोहोर गर्दिन अरुलाई पनि गर्न नदिन सचेतना फैलाउछु, म जथाभावी फोहोर फाल्दिन फोहोर राख्ने भाडो प्रयोग गर्छु जस्ता संकल्प र सचेना नारा लिएर देश सफाई अभियानमा निस्किएको मेची–महाकाली सफाई अभियानका अभियन्ताहरु देशका विभिन्न ५० स्थानमा पुगेर सचेतना फैलाउने काम गरि सकेका छन् ।
नेपाल–भारत सिमा मेची पुलबाट पुनः सुरु गरिएको अभियान महेन्द्रनगर सम्म आयोजना भैसकेको छ ।