Aamsanchar

वीरता लेडी जेसीजमा माइन्युट लेख्न सिक्न ६० जना महिलाको सहभागिता

Author Image
सोमवार, फागुन १०, २०७७

वीरता लेडी जेसीजले आफ्ना सदस्य र अरु सामाजिक संस्थामा आवद्ध महिलाहरुलाई माइन्युट लेखन तालिन दिएको छ ।

संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष रजनी थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पूजा काफ्ले खरेलले आस्था वाचन , कार्यक्रम संयोजक अर्चना राउतले स्वागत र मेनुका ओलीले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।

कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष सुष्मा भण्डारी पौडेल, सुरुङ्गा जेसीजकी अध्यक्ष उसायदुका उप्रेती, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले सहजीकरण गरेको तालिममा राजवंशी महिला समाज बिर्तामोड, छठ महिला मञ्च, सुन्दर आमा समूहका सदस्यसहित ६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, राजवंशी महिला समाज बिर्तामोडकी केन्द्रीय अध्यक्ष सनम राजवंशी, सनराइज एफएमकी प्रवन्ध निर्देशक सीता भट्टराई, वीरता लेडी जेसीजकी आजीवन सदस्य शिला ढकाल , मानार्थ सदस्य दमन्ता दाहाल , पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर