Aamsanchar

जनदवाव बढिरहेकै अवस्थामा उर्लाबारीका प्रवीण बास्तोलाको हत्या भएको प्रहरीको निस्कर्ष

Author Image
बिहिवार, फागुन १३, २०७७

उर्लाबारी । उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोला गत पुष ५ गते शंकास्पद अवस्थामा मृत भेटिएका थिए । साथीहरुको डेरामा गएका व्यक्ति मृत भेटिएका र उनीसंगै रहेका ४ जना साथीहरुको भूमिका शंकास्पद देखिएको परिवारका सदस्यकहरुको बुझाई भए पछि घटनाको छानविनका लागि परिवारका सदस्यकहरु प्रहरी समक्ष पुगेका थिए । सो पस्चात प्रहरीवाट घटना भवितव्य रहेको भन्ने जवाफ पाए पनि प्रहरीको जवाफ प्रति चित्त नबुझाउदै बास्तोला परिवारले घटना भवितव्य नभइ हत्या नै भएको भनेका थिए ।
बास्तोला परिवारले घटनामा संलग्न हुनसक्ने आशंखा गरिएका उर्लाबारी–६ बस्ने रिकेस सिवा भनिने राकेश दर्जी, दिपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली पक्राउ परेपनि प्रहरीले केहिदिन पछि थुनामुक्त गरिदिएको थियो । उनीहरुलाई मुद्धा चलाएर अदालती प्रकृयाबाट न्याय निरुपण गर्नुपर्नेमा त्यतिकै छोडिदिएको भन्दै मृतक परिवारले उर्लाबारी प्रहरी शंकाको घेरामा परेको आरोप लगाउदै आएका थिए ।

घटना भएको दुई महिना भईसक्दा पनि परिवारले निरन्तर प्रहरीको निस्कर्षलाई अस्वीकार गर्दै न्याय माग गर्दै आन्दोल र संघर्ष गरिरहे पछि नागरिक समाज पनि बास्तोता परिवारलाई साथ दिदै प्रहरीलाई निपक्ष रुपमा घटनाको बारेमा यथार्थ, सत्य, तथ्य विबरण मग गर्न जनदवाव सृजना हुनथाले पछि प्रहरीले एतिवेला आफ्नो भनाई फेरेको छ । जनदवाव बढदै जानथाले पछि अनुसन्धान सुष्म रुपले गर्दै प्रवीण बास्तोलाको हत्या भएको निस्कर्षमा प्रहरी पुगेको छ ।
मध्यरातमा प्रवीणको मोबाइलबाट ब्यालेन्ससमेत ट्रान्फर भएको लगायतका केही घटना र परीक्षण रिपोर्टको विश्लेषण गर्दा उनको हत्या नै भएको निस्कर्षमा प्रहरी पुगेको हो । घटनामा छ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले छ जनाविरुद्ध अभियोगपत्र तयार पार्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीलाई प्रतिवादी बनाइएको छ । उनीहरुमध्ये मेहरमान र कुमार पक्राउ परेका छन् । चार जना फरार छन् । प्रतिवादीमध्ये गिरीको घरमा डेरा गरेर बसेका साथीको कोठामा बस्नलाई माघ ४ गते प्रवीण पुगेका थिए । त्यसअघि राईले चलाएको स्थानीय शौरभ होटलमा सबै मिलेर खानपिन गरेको खुलेको छ । त्यस क्रममा होटल मालिक राईसँग प्रवीणको विवाद भएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मिसिलमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेको भन्दै आफन्त र परिवारका सदस्यसहित स्थानीय बासिन्दा आन्दोलित बनेपछि घटना थप पेचिलो बनेर गएको थियो । प्रहरीका अनुसार आफन्तले गत आइतबारबाट आन्दोलन थालेपछि चार जना फरार भएका हुन् ।

लामो समयदेखि यो घटनामा प्रहरीले कर्तव्य ज्यान मुद्दामै अनुसन्धान गरिरहेको थियो । अहिले आएर पोस्टमार्टम र भिसेरा परीक्षण रिपोर्टले हत्या भएको भन्ने देखाएको मोरङ प्रहरी प्रमुख एसपी खड्काले जानकारी दिएका छन् । यसले सिंगो संगठनको बद्नाम मात्रै भएन, घटनाको मिहीन ढंगले अनुसन्धान गर्ने प्रहरीको मनोवल नै खस्किने अवस्था बन्यो,’ विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै एसपी खड्काले भने, ‘कसैको निहित स्वार्थका लागि जनमानसमा प्रहरीविरुद्ध भ्रम छर्ने काम भएको हो ।

यो पनि पढनु होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर