Aamsanchar

गृल व्यवसायीको प्रतिनिधित्व गर्दै बिर्तामोड उद्योग बाणिज्य संघमा लुईटेलको उम्मेदवारी

Author Image
बिहिवार, फागुन १३, २०७७

बिर्तामोड । झापाको विर्तामोडमा आज–भोली चुनावी माहोल तातेको छ । आगामी फागुन १६ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि विभिन्न क्षेत्रमा आवद्ध व्यवसायीहरुले उम्मेदवारी दिएका छन् । १८ पदका लागि दुईवटा प्यानलबाट ३६ जनाको उम्मेदवारी रहेको छ । संयुक्त व्यवसायी र लोकतान्त्रिक व्यवसायिक प्यानलका उम्मेदवारहरु विर्तामोडमा आफ्ना प्रतिवद्धतालाई बुलन्ध बनाउदै माईक बजाउदै भोट माग्न सक्रिय बनेका छन् ।

चुनावमा उम्मेदवारी दिनेहरुमा धेरै जसो वर्तमान कार्यसमितिका पदाधिकारीहरु रहेका छन भने संघका लागि केही नयाँ हनुहार पनि देखिएका छन् । विगतका वर्षहरुमा ठुला व्यवसायीहरुको मात्र उम्मेदवारी रहने गरेको बिर्तामोड उद्योग बाणिज्य संघमा यस पटक साना व्यवसायीहरुको उपस्थिती पनि राम्रै देखिएको छ ।

व्यवसायीहरु केही पार्टीगत र कोही व्यवसायी पेशागत संगठनको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी दिएका छन् । त्यस्तै पेशागत संगठनबाट उम्मेदवारी दिनेमा झापा बिर्तामोड नगरपालिका वडा नम्बर–२, रामचोक निवासी भगिरथ लुईटेल पनि रहेका छन् । उनी गृल व्यवसायी हुन् ।

गृल तथा स्टिल व्यवसायी संघ झापाले बिर्तामोड उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा सदस्य पद्को लागि संस्थागत निर्णय नै गरेर लुईटेलको उम्मेदवारी प्रस्तुत गरेकोे हो । तथापी पनि संयुक्त व्यवसायी प्यालनबाट उनको उम्मेदवारी दर्ता भएको छ ।

सामाजिक संघ संस्थाहरुमा आफ्नो प्रभावकारी भुमिका निर्वाह गर्दै आएका लुईटेल विर्तामोडमा चिरपरिचित युवाको रुपमा स्थापित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 549

प्रतिक्रिया (०)

सम्बन्धित खबर