Aamsanchar

बिर्तामोडमा बजाजको नयाँ अटो (टेम्पो) सार्वजनिक, दुई चालकलाई सम्मान

Author Image
बिहिवार, फागुन १३, २०७७

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका–८, झिललिलेका मोहनबहादुर कार्की सम्मानित हुदा धेरै खुशी देखिएका थिए । पेशा संग जोडिएर सम्ववत उनले पाएको सम्मान र कदरपत्र जीवनकै पहिलो जस्तो गरि त्यती औधी खुशी भएका थिए । त्यस्तै झापा अर्जुनधारा नगरपालिका वडा नम्बर–५, का राजकुमार राय क्षेत्री पनि उत्तिकै खुशी भएका थिए । दुबैजना आफूले गरेका कर्म (काम) का कारण सम्मानित बनेका हुन् ।

जीवनको ४० औं बसन्त चालकको काम गरेर जीवनको उत्तरार्धमा आईपुगेका ६६ बर्षका रायलाई त्यतिकै घरमा बस्न मन लागेन छ । करिव २० बर्ष झापाबाट काठमाडौं चल्ने रात्री बस र त्यस्तै २० बर्ष झापाबाट छिमेकी जिल्ला सम्म दैनिक चल्ने सार्वजनिक बस चलाउदै घर व्यवहार र छोराछोरीको भविश्यका लागि पसिना र हड्डी ख्याउदै आए, यतीवेला नाती नातिको भविश्य उज्वल बनाउन अटो रिक्सा चलाई रहेका छन् । ४ दशक भन्दा धेरै समय सवारी र सडकमै वेतित गरेका तिनै रायलाई विहिबार बिर्तामोड स्थित हलेसी ट्रेड लिंक बजाज अटो रिक्साको डिलरमा नयाँ मोडलको अटो सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथि बनाईयो र उनैको हातबाट नयाँ अटो सार्वजनिक गरियो । सोही औपचारिक कार्यक्रममा हलेसी ट्रेड लिंक परिवारले रायलाई दिर्घजीवी चालकको रुपमा सम्मान गरेको छ । त्यस्तै झापामै पहिलो पटक बजाज अटो रिक्सा खरिद गरेर आफ्नो जीवनलाई सहज बनाउदै आएका अर्जुनधाराका राजकुमार राय क्षेत्रीलाई पनि सम्मान गरिएको छ । ट्रेड लिंकका संचालक चुडामणी पौडेल र रचना पौडेलले सम्मान गरेका थिए । राय पनि कार्यक्रमको प्रमुख अतिथिकै हैयितमा उपस्थित रहेका थिए । उनले पनि नयाँ अटोलाई सार्वजनिक गर्दै विगतमा आफूले अटो लिदाको अबस्थामा भएको फिचर र हाल परिवर्तन र थप भएर आएको सुविधाको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

भारतमा गोल्छा ग्रुप अन्तरगत हंसराज हुलासचन्द एण्ड कम्पिनी द्वारा उत्पादित नयाँ मोडलमा बजाज आरबिएसभिपी नेपालमा बिक्री सुरु भएको छ । नेपालका लागि बजाज अटो लिमिटेडले देशका विभिन्न जिल्लाहरुमा अटो पठाउने काम गरिरहेको छ भने झापाको लागि हलेसी ट्रेड लिंकले गाउँ सहरमा अटो बिक्री गरिरहेको छ । बिर्तामोडबाट नै करिव एक हजारको हाराहारीका अटो बिक्री भई सकेको अबस्थामा बजाजको नयाँ फिचर सहित आरबी एस भिपी पनि बिर्तामोडमा बिक्री सुरु भएको हलेसी ट्रेड लिंकका संचालक चुडामणी पौडेलले जानकारी दिए ।

बजाजको यस नयाँ मोडलको अटोमा फिउल इंजेक्शन प्रबिधी, एम पी थ्रि जडान, सुविधा युक्त ढोका, चलकको लागि फुट रेस्ट, यात्रीलाई बाहिर हेर्न सुविधा, धेरै हावा छिर्ने, इन्जिन कभर, आर्कषर्ण ढोका लगायतका पिचरहरु थप गरिएको छ । प्रतिलिटर ३० किलो मिटर साईलेज दिने भनिएको आरबी एस भिपीको हाल ५ लाख ६४ हजार ९ सय मुल्य तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)