Aamsanchar

पशुपतिनाथमा ८० करोडको सुनको जलहरी राखियो

Author Image
बिहिवार, फागुन १३, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा-आराधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा।प्रदीप ढकालले जानकारी दिएका छन् ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकाले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाई छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए । यस कार्यका निम्ति ८० करोड रुपैंया खर्च भएको पनि सदस्य सचिव डा। ढकालले बताएका छन् ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उनले बताए । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिंदँ सदस्य सचिव डा. ढकालले शिवरात्रीमा यसवर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने उनले बताए । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाई छ । पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागू औषध बर्जित गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१