Aamsanchar

पूर्वाञ्चल क्यासर अस्पतालको उद्घाटनमा प्रधानमन्त्री ओली देखि कलाकार महजोडी, बलिउड नायिका सोनाली बान्द्रा सम्म आउने

Author Image
शनिवार, फागुन १५, २०७७

बिर्तामोड । नेपालमै सुविधा युक्त, उच्च प्रविधी सहित स्थापना भएको झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पताल फागुन १८ गते औपचारिक उद्घाटन हुने भएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको छ ।

उद्घाटन समारोहमा क्यान्सर रोगलाई जितेर सामान्य जीवनमा आई सामाजिक अभियानमा लागेकी प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको गरिमामय उपस्थिति रहने हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले बताएका छन् ।
नेपाली कलाकार संगै भारतकी चर्चित नायिका सोनाली बान्द्रालाई समेत निम्तो पठाइएको प्रसाईले बताए ।

कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल, मन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र पूर्व मन्त्री महेश बस्नेतको उपस्थिति रहने बताइएको छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार प्रधानमन्त्री ओली क्यान्सर हस्पिटलको उद्घाटनका लागि मात्र सो दिन आउनु हुने र कार्यक्रम अबधिभर रहनेछन् ।

मंगलवार उद्घाटनका दिन विहान १० बजेको यति एयरलायन्समार्फत ओली काठमाडौंबाट भद्रपुर विमानस्थलबाट आउनेछन् ।
कार्यक्रम सकेर अपरान्ह साढे ५ बजे उनी काठमाडौं फर्कने बताइएको छ ।

झापामा हाल सम्म भएका नीजि क्षेत्रको औपचारिक कार्यक्रमा प्रधानमन्त्रीले धेरै समय दिने र उच्च पदका व्यक्तीहरुको बाक्लो उपस्थित रहने पहिलो कार्यक्रम हुने अस्पताल प्रसाशनले ठहर गरेको छ । कार्यक्रममा ५० हजार भन्दा धेरै जनालाई आमन्त्रण गरिएको बताईएको छ ।

उद्घाटनमा काठमाडौंका मूलधारका मिडियाका प्रधान सम्पादक र स्वास्थ्य विधा हेर्ने पत्रकारहरुको ठूलो संख्यालाई निम्त्याइएको गिरीले जानकारी दिए ।
बीएन्डसी हस्पिटलका निर्देशक डा.उमेश शर्माले पूर्वाञ्चल क्यान्सर हस्पिटल मुलुककै अब्बल हस्पिटल भएकोमा खुशी व्यक्त गरे । उनले क्यान्सरको पूर्ण उपचार हुने भएकाले अब नेपालीहरुले विदेश धाउनु नपर्ने बताए ।

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोडमा बीएन्डसी हस्पिटलसँगै जोडिएको छ ।

३०० बेडको स्वीकृति पाएको सो हस्पिटल हाल १०० बेड सञ्चालन भइरहेको छ ।

कार्यकारी निर्देशक प्रसाईले पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पेट स्क्यान गर्न अर्कोपटक दिल्ली धाउनु नपर्ने बताए ।

दिल्लीमा हुने सबै स्वास्थ्य परीक्षण र उपचार सुविधा पूर्वाञ्चल क्यान्सर र बीएन्डसी हस्पिटलमा रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर