Aamsanchar

एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तिनजना पक्राउ

Author Image
आइतवार, फागुन १६, २०७७

मोरङ । छिटो समय र कडा परिश्रम नै नगरी धन आर्जन गर्ने अभिलासामा कानुनी अपराध गर्नेहरु पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६ रामपुरमा एक युवालाई बन्धक बनाएर राख्ने फिरौतीवापतको रकम माग गर्ने तीन जना पक्राउ परेका हुन्।

विराटनगर–१८ का २३ वर्षीय सुवास कामतलाई शनिबार बन्धक बनाएर रकम माग गरिएको प्रहरीले जनाएको छ । सुवासलाई महानगरपालिक –१६ दरैया बस्तीका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव, र वडा नम्बर ६ की २८ वर्षीया सन्ध्या तिवारीले बन्धक बनाएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तीनै जनालाई शनिबार दिउँसो साढे १ बजेतिर पक्राउ गरिएको हो । दाजुलाई बन्धक बनाएको जानकारी सुवासका भाइ विकासले प्रहरीलाई दिएका थिए । त्यस लगत्तै खटिएको प्रहरी टोलीले दुई घण्टाभित्रै सुवासको उद्धार गरेको हो ।

डीएसपी राईका अनुसार विराटनगर–६ रामपुरको एउटा घरमा बन्धक बनाएर राखेको अवस्थामा सुवासको उद्धार गरियो । बन्धक बनाएर तीनै जनाले १० लाख रुपैयाँ फिरौती माग गरेको प्रहरीको भनाइ छ । प्रहरीले बन्धक बनाएको घटनामा संलग्नविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन आइतबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)