Aamsanchar

जनश्रम आधारभूतको अभिभावक भेला, बिद्यालय सुधार गर्न अभिभाबकको जिम्मेवारी

Author Image
सोमवार, फागुन १७, २०७७

हापुरे । बबई गाउँपालिका वडा नम्बर ४ हस्तनापुरमा रहेको जनश्रम आधारभूत बिद्यालयको अभिभावक भेला तथा अर्धबार्षिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको सुधारका लागि अभिभावकहरुसंग छलफल समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले गाउँपालिका क्षेत्रमा रहेका बिद्यालयको सुधारका लागि प्रयास जारी राखेको बताउनुभएको थियो । शिक्षकको दरबन्दी मिलानदेखि सबै बिद्यालयमा शैक्षिक सुधारका लागि शिक्षा समिति मार्फत् काम भइरहेको जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले बिद्यालयको सुधारका लागि अभिभावकको जिम्मेवारीले मात्रै बिद्यालयको सुधार हुने बताएका थिए । कार्यक्रममा बिद्यालयका पुर्ब बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खुमबहादुर बिक, शिक्षक अभिभावक संघका अध्यक्ष छबि बिक, बिद्यालयका प्रधानाध्यापक यामप्रसाद पौडेलले बोल्नुभएको थियो ।

कार्यक्रममा गतबर्षको परिक्षामा प्रथम, द्धितीय र तृतीय भएका बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो भने अर्धबार्षिक परिक्षाको नतिजा समेत प्रकाशन गरिएको थियो । शिक्षक हिमाल कडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक बालकृष्ण केसीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)