बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको विर्तामोडमा संचालनमा आएको अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार केन्द्रको रुपमा स्थापित बन्न थालेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओली र संविधानसभा सदस्य सुवास नेम्वाङले मंगलबार अस्पताल परिसरमा आयोजित भव्य समारोहमा संयुक्त रुपमा क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झापाको बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको पनि बताए । उनले बिएण्डसीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिन लागेको जानकारी दिए । ‘बिएण्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको प्रधानमन्त्री ओलीले भने,’ ‘अब यो अस्पतालका रुपमा मात्र होइन, शिक्षण अस्पतालको रुपमा हुन्छ ।’ ओलीले ३ बर्ष अगाडी आजकै स्थानमा अबको दुई महिना पछि फायल लिएर आउनुहोस् मेडिकल कलेजको सम्वन्धन लिएर जानुहोस् भनेका थिए । त्यती खेर हजारौं झापाबासीले ओलीको भनाईलाई सम्मान जनाएका थिए । आज पनि अब केही दिनमै अनुमती प्राप्त हुने, यो कुरा दुर्गाजी लाई पनि थाहाँ छ भन्ने भनाई राख्दा विगतको जस्तै उपस्थित नागरिकहरुले ताली बजाएका छन् । ‘प्रविधिक कारणले ठिला भए पनि तिन बर्ष अघि गरेको प्रतिवद्धा अब पुरा हुने’मा पुन प्रतिवद्धता व्यक्त गरेका छन् ।
मेडिकल कलेजको सम्बन्धनका लागि भौतिक पूर्वाधार, उपकरण, जनशक्ति लगायतका मापदण्ड पूरा भएकाले कलेजलाई सम्बन्धन दिन कुनै अप्ठ्यारो नहुने प्रधानमन्त्रीको जिकिर थियो । ओलीले देशकै लागि क्यान्सर अस्पताल गौरवको विषय भएको बताए ।
उनले पूर्वाञ्चल क्यान्सर अस्पताल अत्याधुनिक अस्पताल भएकाले अब नेपालीलाई उपचारमा सहज भएको बताए । उनले नेपाल उपचारका लागि सस्तो हुने भन्दै पूर्वाञ्चल क्यान्सर अस्पतालबाट छिमेकी देश भारतका नागरिकलाई समेत उपचारमा सहज हुने बताए ।
उद्घाटनपछि देशमा विकासको लहर छाइरहेको भन्दै देशमा ठुला ठुला योजनाहरु सुरु गर्न उद्योगीहरुमा ओली आग्रह पनि गरे, ‘धेरैलाई रोजगारी मिल्ने खालका उद्योगहरु खोल्न सरकारले निजी क्षेत्रलाई सघाउने कानुनी अफ्ट्यारो परेको खण्डमा कानुन संसोधन गरेर भए पनि उद्योग व्यवसाय संचलनका लागि सरकार सधैब सकारात्मक सोचको विकास गर्दै समृद्ध नेपाल सुखी नेपाली संकल्प पुरागर्न तर्फ लागि परिरहेको छ ।