Aamsanchar

ह्विलचेयरमार्फत मेची-काली यात्रामा निस्किएका रामबहादुरलाई इटहरीमा स्वागत

Author Image
मङ्गलवार, फागुन १८, २०७७

सामान्य ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका सिन्धुपाल्चोकका राम वहादुर तामांगलाई इटहरीमा स्वागत गरिएको छ ।  इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले स्वागत गर्नुभएको हो ।

अपाङ्गताभएका ब्यक्तिहरुले स्वतन्त्र,स्वाभिमानी र स्वावलम्वी जीवन जीउन पाउनुपर्ने अधिकारको वारेमा चेतना फैलाउन राम वहादुर तामाड ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किनुभएको हो । उहाँले सामान्य ह्विलचेयरमार्फत लामो यात्राको विश्व रेकर्ड राख्न समेत आफूले यो यात्रा सुरु गरेको वताउनुभयो ।

तामाडले यसअघि नमोवुद्ध देखि लुम्विनी ३६६ किलोमिटर र लुम्विनी देखि वोधगया सम्म ५५३ किलोमिटर ह्विलचेयर यात्रा गरिसक्नुभएको छ । उहाँलाई मान वहादुर तामाडले साइकल मार्फत साथ दिनुभएको छ । इटहरीका नगरप्रमुख चौधरीले उहाँहरुको अयिभान सफलताको कामना गर्नुभयो । उहाँहरुले काकडभिटटा वाट गत शनिवार यात्रा सुरु गर्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)