Aamsanchar

‘यहि आर्थिक बर्ष भित्रमा इटहरीका सवै वडामा आधारभूत स्वास्थ्य सुविधा पुग्ने’

Author Image
बिहिवार, फागुन २०, २०७७

इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यहि आर्थिक बर्ष भित्रमा इटहरीका सवै वडामा आधारभूत स्वास्थ्य सुविधा पुग्ने वताउनुभएको छ । इटहरी ८ मा स्वास्थ्य इकाइ भवनको शिलान्यास गर्दै वडावासीले वडा वाटै आधारभूत स्वास्थ्य सेवा पाउने वताउनुभएको हो ।

यो बर्ष १४ वटा स्वास्थ्य इकाई भवन निर्माण भएर ती भवनहरुवाट सेवा दिइने छ । कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले तीन महिनामा स्वास्थ्य इकाई भवन निर्माण भइसक्ने वताउनुभयो । उहाँले आवश्यक स्वास्थ्यकर्मी र फर्निचर लगायतका समाग्री तयार अवस्थामा रहेको वताउनुभयो ।

वडाध्यक्ष नर वहादुर राईले आफनै वडा वाट स्वास्थ्य सेवा पाउनु खुशीको कुरा भएको वताउनुभयो । स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देलले सवैको पहुँचमा स्वास्थ्य पुरयाउन उपमहानगर लागि परेको वताउनुभयो । इन्जिनियर जीवन घिमिरेले २७ लाख २६ हजारमा चार कोठे भवन वन्ने जानकारी दिनुभयो ।

 

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर