Aamsanchar

प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बस्दै

Author Image
शुक्रवार, फागुन २१, २०७७

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन् । नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । यद्यपि सो अविश्वासको प्रस्तावको सट्टा नयाँ अविश्वासको प्रस्ताव तयार पार्ने दलहरुको तयारी छ । शुक्रबारै नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर