Aamsanchar

बिर्तामोडमा स्वराज ट्रयाक्टरको सहस्त्र मेला सम्पन्न

Author Image
शुक्रवार, फागुन २१, २०७७

बिर्तामोड । पाथिभरा सप्लायर्स एण्ड ट्रेडस बिर्तामोडको आयोजनामा ग्राहक भेटघाट तथा सहस्त्र मेला सम्पन्न भएको छ ।

शुक्रबार बिर्तामोडमा स्वराज ट्रयाक्टरको अधिकारिक बिक्रेता पाथिभरा सप्लायर्स एण्ड ट्रेडसका संचालक विनोद संग्रौलाको अध्यक्षता र स्वराज ट्रयाक्टर कम्पनीका मेनेजर आशिषकुमार जोशीको प्रमुख आथित्यता रहेको कार्यक्रमा एकसय भन्दा धेरै ग्राहकहरुको उपस्थिती रहेको थियो ।

झापाको बिर्तामोड, दमक, गौरादह र इलाममा रहेको बिक्री केन्द्रका संचालक, कर्मचारी र ग्राहक बिच भएको भेटघाटमा कम्पनीले दिएको स्मिक अबधी भित्र ट्रयाक्टर खरिद गर्ने ७० जना ग्राहकहरुलाई पानीतान्ने पंप निशुल्क प्रदान गरिएको कार्यक्रमका अध्यक्ष विनोद संग्रौलाले जानकारी दिए ।

ग्राहकहरु बिच गरिएको लक्की ड्र द्वारा तिन जनालाई उपहार पनि प्रदान गरिएको थियो । लक्की ड्र मार्फत भद्रपुरका गणेश भण्डारीले प्रथम उपहार जेनेटर, दमकका तिलक थापाले दोस्रो उपहार स्मार्ट टिभी र झापा गाउँपालिकाका सर्जन गाणेशले तेस्रो उपहारमा फ्रिज प्राप्त गरेका छन् ।

कार्यक्रममा स्वराज कम्पनीका सर्भिस एवम् मार्केटिङ प्रमुख अभयकान्त मिश्रा, बिर्तामोड ब्रान्स मेनेजर दिनेश अधिकारी, दमक ब्रान्स मेनेजर लेखराज गौतम लगायतले स्वराजले दिदै आएको सुविधार ग्राहक–बिक्रेता बिचको सुमधुर सम्वन्धको मारेमा आफ्नो धारणा राखेका थिए ।

कम्पनीले स्थापनाकालमा बार्षिक ५ हजार ट्रयाक्टर उत्पादन गर्दै आएकोमा पछिल्ला बर्षयता हरेक बर्ष १ लाख २५ हजार ट्रयाक्टर उत्पादन गरिरहेको र अझै ट्रयाक्टरको माग बढदो रहेको कम्पनीका मेनेजर जोशीले बताए ।

कार्यक्रममा बिर्तामोड ब्रान्स मेनेजर दिनेश अधिकारीले स्वागत गरेका थिए भने सेलिसा उप्रेतीले संचालन गरेकी थिईन् ।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२