Aamsanchar

मुम्बईबाट नेपालतर्फ आईरहेको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ नेपालीको मृत्यु

Author Image
शुक्रवार, फागुन २१, २०७७

नयाँदिल्ली — भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । ११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको भिन्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक दुर्घटनामा परेको हो ।

मुम्बईबाट नेपालतर्फ आईरहेको ओम्नी भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर भ्यानमा सवार अन्य सात जना पनि घाइते भएका छन् । ट्रकको ठक्करले भ्यान नै कच्याकुचुक भएको थियो ।

घटनालगत्तै पुगेको प्रहरीले स्थानीयहरुको सहयोगमा गाडीमा चेपिएकाहरुलाई निकालेका थिए । मृत्यु हुनेमा तीन पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । मेहगाउँ थानाका इन्जार्ज सुरेश शर्माका अनुसार भ्यानलाई विपरीत दिशाबाट आएको ट्रक्कले ठक्कर दिएको थियो ।

‘ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । चारजनाको घटनास्थलमै मृत्यु भयो,’ शर्माले # बताए । साथै ठक्कर दिने ट्रकको खोजी जारी रहेको समेत उनले जानकारी दिए । शर्माका अनुसार घाइतेहरुको उपचार ग्वालियरको जयारोग्य अस्पतालमा भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा भ्यान चालक तिलक जिसी, काला रावल, सुजा रावल र टोपे रावलको मृत्यु भएको छ । मृत्यु हुने काला, सुजा र टोपे एकै परिवार हुन् । कालाका अर्का छोरा प्रकाश पनि घाइते छन् । मृतक काला रावलका भाइ झकेन्द्र रावलका अनुसार सबैजना दैलेखको दुल्लु नगरपालिकाको खर्चगैरा टोलका हुन् । ‘ठूलो विपद् आयो, परिवारकै तीन जना गुमायो,’ रावलले टेलिफोनमा कान्तिपुरसँग भने । रावलका अनुसाार सबै जना रोजगारीका सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर