Aamsanchar

चारआली बाट चन्द्रगढी आएको ट्रकमा आगलागी

Author Image
शुक्रवार, फागुन २१, २०७७

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा गुडिरहेको मालवाहक ट्रकमा आगलागी भएको छ। चाराआलीबाट भद्रपुरतर्फ आउँदै गरेको ना२ख ५८८१ नम्बरको मालवाहक ट्रकमा आगलागी हुँदा ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

ट्रकको अगाडि भागमा विद्युत् चुहावट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ट्रक चालक भने भागेर बाच्न सफल भएका छन् ।

ट्रकमा प्लाईका टुक्रा दाउरा लोड गरिएको थियो। कृषि विकास बैङ्कनजिकै ट्रकमा आगलागी भएपछि तत्काल भद्रपुर नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो नियन्त्रण लिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर