Aamsanchar

४० वर्ष कटेका महिला किन राख्छन् विवाहवेत्तर सम्बन्ध, यस्तो छ अध्ययनको निष्कर्ष

Author Image
शनिवार, फागुन २२, २०७७

एजेन्सी – भनिन्छ जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ ।  तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ । विवाहेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरु आक्रान्त भएका छन् । वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि भएको छ ।

विवाहवेत्तर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ ।  अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाहेत्तर सम्बन्धमा रहन्छन् । अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् । 

पतिको स्वभावमा आएको परिवर्तन 
विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ । श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला अर्को दोस्रो  पुरुषसँग आर्कषित हुन्छन् । 

सानो उमेरमा विवाह
सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ । जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् । 

पुरुषप्रतिको आर्कषण 
महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन् । 

यौन असन्तुष्टी 
४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ । 

बच्चा जन्मिएपछि
विवाहपछि आउने अनेक समस्या र परिवर्तन पछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् । 

घरायसी समस्या 
यदि घरमा सधैँ झगडा, अशान्ती हुन्छ भने महिलाहरु अक्सर बाहिर सम्बन्धको विकल्प रोज्छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर