Aamsanchar

झापाका दर्जनौं संस्था द्वारा गिरीराजकुमारीलाई उत्कृष्ट नारी सम्मान

Author Image
आइतवार, फागुन २३, २०७७

बिर्तामोड ।  झापाको बिर्तामोडमा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा एक जना समाज सेवी नारीलाई सम्मान गरिएको छ ।

वीरता लेडी जेसीजको अगुवाईमा बिर्तामोड क्षेत्रमा ३५ भन्दा धेरै संघ संस्थाहरुले ऐकिवद्धता जनाउदै एउटै मञ्चबाट आज झापा विर्तामोड–५ देवीबस्ती निवासी ९० बर्षीय एक आदर्श नारी गिरीराजकुमारी प्रसाईंलाई उत्कृष्ट नारी सम्मान द्वारा विभूषित गरिएको हो ।

नेपाली राजनीतिक साहित्यमा महत्वपूर्ण योगदान पुर्याउनु भएका शालिन र सरल जीवनयापनमा रमाउनु भएका नेता सिके प्रसाईंकी जीवन संगिनी भएर राजननीति क्षेत्रलाई माथी उठाउन गरेको योगदान र आफ्नो योग्यता र क्षमतालाई देश र समाजकालागि खर्चिदै जीवनको उत्तरार्धमा पुग्नु भएकी सम्मानित व्यक्ती गिरीराजकुमारी प्रसाईं नेपाली नारीहरुको एक प्रेरणा र पथपर्दशकको रुपमा चिनिनु हुन्छ ।

सम्मानित गिरीराजकुमारी प्रसाईं ।

वीरता लेडी जेसीज पूर्व अध्यक्षहरुको अगुवाईमा भएको कार्यक्रममा वीरता लेडी जेसीजले प्रसाईंलाई पदक तथा सम्मान पत्र प्रदान गरेको थियो भने ३५ वटा संस्थाको तर्फबाट संयुक्त रुपमा एउटै सम्मान पत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै ३५ वटा संस्थाका प्रमुख तथा प्रतिनिधिले उत्कृष्ट नारी प्रसाईंलाई मायाको चिनो तथा खादा पहिर्याएर सम्मान गरेका थिए ।

उत्कृष्ट नारी सम्मान छनौट समितिको तर्फबाट संयोजक नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले २०७७ को उत्कृष्ट नारीको रुपमा प्रसाईंको नाम घोषणा गरेकी थिइन् ।

उत्कृष्ट नारी सम्मान छनौट समितिमा सञ्चारकर्मी कुमार भट्टराई र वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवाल सदस्य रहेका थिए ।

उत्कृष्ट नारी सम्मान कार्यक्रमकी संयोजक वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारीले स्वागत गरेकी थिइन् ।

सम्मान पत्र र मायाँको चिनो सम्मानित व्यक्तीको घरमा पुर्याने जमर्को गर्दै वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य ।

कार्यक्रममा प्रमुख अतिथि पवित्रा महतारा प्रसाईं, सम्मानित व्यक्तिको तर्फबाट बुहारी संगीता प्रसाईं र वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेलले झापा जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यकालागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता लेडी जेसीजले उत्कृष्ट नारीको चयन गरी यसवर्ष देखि सम्मान गर्न शुरु गरेकोमा वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले विभिन्न फरक – फरक विधामा सक्रिय महिलालाई उत्कृष्ट नारी घोषणा गरी प्रत्येक वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा उत्कृष्ट नारी सम्मान गरिने जानकारी दिइन् ।

कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष कञ्चना ढकाल सिटौलाले आस्था वाचन गरेकी थिइन् भने उत्कृष्ट नारी सम्मानको औचित्यमाथि पूर्व अध्यक्ष राधा सुव्वाले प्रकाश पारेकी थिइन् ।

जेसीआई मिसन र भिजन तथा नेपाल जेसीज र वीरता लेडी जेसीजको यस बर्षको प्रकरण वाचन वीरता लेडी जेसीजकी सेलिसा उप्रेतीले वाचन गरेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले गरेकी थिइन् ।

कार्यक्रम सकिए लगत्तै स्कटिङसहित उत्कृष्ट नारी प्रसाईं, छोरा विवेककेशरी प्रसाईं र बुहारी संगीता प्रसाईंलाई बिर्तामोड नगर परिक्रमासहित विर्तामोड – ५ देवीवस्तीस्थित निवास पुर्याइएको थियो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 443

प्रतिक्रिया (०)

सम्बन्धित खबर