Aamsanchar

इटहरीमा पञ्चेबाजा महिला समूह गठन, उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तरगत नौमति प्रदान

Author Image
आइतवार, फागुन २३, २०७७

इटहरी । अव इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति वाजा घन्काउने भएका छन ।

आज इटहरी उपमहानगरले एक महिला समूहलाई नौमती वाजा प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेबाजा महिला समूहलाई नौमति बाजा प्रदान गरिएको हो ।

उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत महिला समूहलाई ब्यवसायिक रुपमा अघि वढन नौमति वाजा प्रदान गरिएको उपमेयर लक्ष्मी गौतमले बताउनुभयो ।

तारा निरौला संयोजक रहेको महिला समूहका महिलाले कार्यक्रममा नौमती बाजा घन्काएर सवैलाई नचाएका थिए । पुरुषले मात्र गर्ने भनिएको काम गर्न महिलालाई उत्प्रेरित गरि नौमति वाजा प्रदान गरेर नयाँ ढंगवाट ब्यवसायिक बनाउन खोजिएको भन्दै प्रदेश १ की उपसभामुख शारदा पोखरेलले उमहानगरको यो कदमको प्रशषा गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)