Aamsanchar

मोरङ : नेकपाको हटाएर टाँगियो एमालेको साइन बोर्ड

Author Image
सोमवार, फागुन २४, २०७७

विराटनगर –सर्वोच्च अदालतको फैसला पछि मोरङमा नेकपाको साइन बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टाँगिएको छ। साविकको नेकपाको कार्यालयमा पुरानो साइन बोर्ड हटाएर नेकपा एमालेको नयाँ साइन बोर्ड टाँगिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका नेता तथा कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा साइन बोर्ड फेरेका हुन्। विराटनगर–११ पाञ्चालीमा रहेको मदन स्मृति भवनमा ओली समूहले नेकपा एमालेको बोर्ड टाँगेको छ।

सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएसँगै विराटनगरमा साविक एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि सुरु गरेका हुन्। कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुरु बरालले देशलाई समृद्ध बनाउँदै अघि बढ्नु पर्छ भन्ने मान्यताले पार्टी एकता गरे पनि त्यसले काम गर्न नसकेको बताए।एमालेले अब आफ्नो विगतको पहिचान झल्काउने गरी अघि बढ्नु पर्ने उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 617

प्रतिक्रिया (०)