Aamsanchar

झापा : कनकाई नहरको सतासी खोलामा एक महिलाको शव फेला

Author Image
बुधवार, फागुन २६, २०७७

झापा- झापाको शिवसताक्षी नगरपालिका– ११ को कनकाई नहरमा डुबेर एक महिलाको ज्यान गएको छ । बुधबार विहान (आज) नहरमा डुबेर मृत्यु भएको अवस्थामा एकजना महिलाको शव फेला परेको हो । वडा नम्बर ८ र ११ को सिमानामा पर्ने कनकाई नहर अन्तर्गत सतासी खोलाको साईफनमा शव अड्किएको अवस्थामा फेला परेकोे हो । शवको पहिचान हुन सकेको छैन । प्रहरीले नहरबाट शव बाहिर निकाल्नका लागि पानी सतासी खोला तर्फ लगाएको छ ।

नहरबाट शव बाहिर निकालेपछि शवको पहिचान हुन सक्ने स्थानीयले बताएका छन् । घटना स्थल देखी उत्तर सो नहरले शिवसताक्षी नगरपालिका वडा नम्बर ९, १० र ११ लाई छुन्छ । स्थानीयका अनुसार वाहिरबाट आएर नहरमा हामफालेर आत्महत्या गरेको हुन सक्ने अनुमान छ । प्रहरीले कानुनी घटनाका विषयमा थप अनुसन्धान थालेको हुने इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर