Aamsanchar

मेचीनगरको न्यु बिशाल होटलबाट २ किलो अफिम सहित दुई महिला पक्राउ

Author Image
बुधवार, फागुन २६, २०७७

झापा । झापाको मेचीनगरबाट लागुपदार्थ अफिम सहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत इन्फाल पस्चिम मणिपुरकी बर्ष ३० की लक्ष्मी क्षेत्री र पस्चिम बंगाल पञ्चलकगुरी दार्जिलिङकी बर्ष ३८ की गायत्री देवी क्षेत्री रहेका छन् । उनिहरुलाई मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित न्यु बिशाल होटलको कोठा नम्बर १०५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

पक्राउ परेका दुईजना महिलाहरुको साथबाट २ किलो अफिम बरामत भएको प्रहरीले बताएको छ ।

गोप्य सुचनाको आधारमा बुधबार लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौं र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
झापा जिल्ला अदालत झापाबाट पक्राउ परेका दुबैजना महिलालाई थप अनुसन्धानको लागि हाल ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर