Aamsanchar

ज्योति लाइफको आइपिओमा आवेदनको रेकर्ड ब्रेक

Author Image
बिहिवार, फागुन २७, २०७७

काठमाडौं –ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ। इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ। आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ।

आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ। कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पुँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो।

त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो। अहिले कम्पनीको अधिकृत पुँजी तीन अर्ब, जारी पुँजी रु दुई अर्ब २० करोड र चुक्ता पुँजी रु एक अर्ब ५४ करोड छ। सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब २० करोड पुग्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर