Aamsanchar

धर्म भन्दा कर्म ठुलो : रुद्राक्ष माला, शिव मुर्ती उपहार सहित आलम सम्मानित

Author Image
बिहिवार, फागुन २७, २०७७

चारपाने । कर्म गर्नेहरु एकल धर्मको कुरा गर्दैनन् भन्ने एक उदाहरण प्रस्तुत भएको छ ।

धर्मका हिसावले फरक आस्था संस्कार अवलम्बन गर्ने मुस्लिम समुदायका व्यक्तीहरु अन्य धर्म र आस्थालाई स्वीकार नगर्ने गरेको पाईने गरेको छ । अघिल्लो पुष्ता झन आफ्नो धर्म संस्कार भन्दा बाहिर जानै नसकिरहेको अवस्था छ । त्यो व्यक्तीगत स्वतन्त्र अधिकार र विचार पनि हो ।

बिहीबार झापाको विर्तामोड–१, स्थित पञ्चकन्या टोलमा प्रदेश १ कै ठुलो शिवको मुर्ती अनावरण गरिएको छ । करिब ३८ लाख लागतमा निर्माण गरिएको प्रतिमाका लागि विभिन्न दाताहरुले रकम सहयोग गरेका थिए । आयोजकले प्रतिमा अनावरणको कार्यक्रममा ७० जना दाताहरुलाई सम्मान पनि गरेको छ ।

सम्मानित हुने दाताहरु मध्ये विर्तामोड–१ निवासी मोहम्मद नवाब आलम पनि रहेका छन् । उनलाई कार्यक्रमकी प्रमुख अतिथि प्रथम महिला जगतगुरु हेमानन्द गिरीले दोसल्ला, प्रमाण पत्र, रुद्राक्षको माला र मायाको चिनो शिवको मुर्ती दिएर सम्मान गरेकी थिईन् । सम्मानित आलमले हासी हासी सहजरुपमै उक्त सम्मान स्वीकार गरेका थिए ।
आलमले उक्त सम्मान ग्रहण गरिरहदा दर्शवृन्दामा रहेका धेरैले अचम्म मानिरहेका थिए । कोही भन्दै थिए धर्म भन्दा कर्म महान हुँदो रहेछ । समाजमा सबै धर्म र समुदाय प्रति अपनत्तो राख्नु नै महानता हो, जसका लागि आलमको जस्तो फराकिलो सोच, सबै धर्म र आस्था मान्नेहरुले एक आपसमा सदभाव, सहयोग र कदर गर्ने हो भने शुन्दर समाज निर्माण गर्न र सकारात्म चेतना फैलाउन सहयोग पुग्ने छ । आलमले गरेको काम आयोजकका लागि मात्र नभएर सिंगो समाजका लागि सम्मानति बनेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 802

प्रतिक्रिया (०)