Aamsanchar

व्यवस्थापकीय सहकार्यमा विराट ज्योति र ग्लेसियर इन्टरनेशन

Author Image
शुक्रवार, फागुन २८, २०७७

बिर्तामोड । सर्वसुलभ र गुणस्तरिय शिक्षा उपलब्ध गराउन विद्यालयहरु बीच प्रतिस्पर्दा नै भई रहेको अवस्थामा झापा बिर्तामोडको विराट ज्योति अंग्रेजी मावि र काठमाडौँस्थित ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजबीच व्यवस्थापकीय सहकार्यको सम्झौता भएको छ । आधुनिक र सभ्य नागरिक तयार पार्न विद्यालयमा अन्तराष्ट्रिय स्तरको शिक्षा दिनको लागि व्यवस्थापकिय पक्ष महत्वपूर्ण पाटो रहन ठहर गर्दै विराट ज्योतिको शैक्षिक विकासका लागि साझेदारी सहकार्य गर्न ग्लेसियर तयार भएको हो ।

दुबै शैक्षिक प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सहकार्यका लागि सम्झौता भएको जनाउँदै आपसी सहकार्यले विराट ज्योतिको शैक्षिक गुणस्तर अझै माथि उठ्ने विश्वास व्यक्त गरेका छन् । विराट ज्योति अंग्रेजी मावि २०५३ सालमा स्थापना भएको हो ।

नर्सरीदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको विराट ज्योतिमा प्लस टूमा व्यवस्थापन संकाय पनि पढाइ हुँदै आएको छ । हाल एक हजार विद्यार्थी विराट ज्योतिमा अध्ययनरत छन् ।

२०७८ देखि विज्ञान र मानविकी संकाय तथा मन्टेश्वरी शिक्षामा आधारित शिक्षा सञ्चालन गर्ने तयारी भइरहेको ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजका प्रिन्सिपल दिवस शाक्यले बताए । ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजले २०५१ म स्थापना भएको हो ।

पत्रकार सम्मेलनमा विराट ज्योति माविका अध्यक्ष गणेश ओलीले व्यवस्थापकीय जिम्मेवारी ग्लेसियरले लिए पनि पुरानो टीम यथावत रहने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर