Aamsanchar

एमालेका खनाल र नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

Author Image
शनिवार, फागुन २९, २०७७

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आज ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

खनाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ । बैठकपछि नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको भन्दै त्यसलाई कुनै हालतमा मान्न नसकिने प्रतिक्रिया दिएका थिए। विधानमा भएको बाधा अड्काउ फुकाउको प्रयोग केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्न सक्ने उनले बताए ।

शुक्रबारकै भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत गरेको छ। भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर