Aamsanchar

मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

Author Image
शनिवार, फागुन २९, २०७७

काठमाण्डौ-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा (बादल) लगायत मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाँडामा बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री भएका सबैलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादी धारका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

मन्त्री बनेकासहित माओवादी धारका २३ जनालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ । एमालेको ओलीतिर लागेका सबै प्रदेश तथा सङ्घीय सांसदहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको पनि माओवादीका एक नेताले बताएका छन् । यस्तै बैठकले भोलि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पर्सि २ गतेका लागि बोलाइएको राष्ट्रियभेला भने अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर