Aamsanchar

झापामा खुल्यो पूर्वकै ठुलो वाटर पार्क (फोटो फिचर सहित)

Author Image
शनिवार, फागुन २९, २०७७

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–८, झिलझिलेमा पूर्वमै ठुलो वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ ।

शनिबार पार्कमा आयोजित पत्रकाकार भेटघाट कार्यक्रम मार्फत उक्त पार्क पूर्ण रुपमा संचालनमा ल्याईएको वाटर किंगडम पार्कका संचालक एवम् कार्यकारी निर्देशक राजकुमार संग्रौलाले जानकारी दिएका छन् ।

झापामा नौलो पर्यटकिय स्थलको रुपमा संचालनमा ल्याईएको पार्कमा चिप्लिने पौडीस्थल ४, तरंगीत १, छाल आउने १, बच्चाहरुको १ वटा गरि ७ वटा पौडी स्थलहरु रहेको छ । आगन्तुक पर्यटकलाई सुविधाका लागि कम्पनीले खाजा घर, बालबालिकाको लागि पार्क (बगैचा) तारबाट खेलीने जीप लाईन, सुपरम्यान जीप, साईकिलिङ जीपको सुविधा पनि उपलब्ध गराएको छ । पार्कलाई शुन्दरता प्रदान गर्न मौलिक संस्कृति झल्कने आकृति र ४५ मिटर लामो सुरुङ मार्ग पनि बनाईएको छ ।

२ विगाहा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट, ४२ करोड लगानीमा संचालमा ल्याईएको प्रा.लिका अध्यक्ष मेनुकादेवी सिटौलाले बताईन् ।
रिसोर्टमा १६ वटा सुविधा सम्पन्न भिआईपि गेष्ट रुम, सेमिनार हल र पार्टी हल रहेको कार्यकारी व्यवस्थापक सौजनराज संग्रौलाले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा लज निर्माण भएको छ । पार्कमा हाल ७५ जना कर्मचारी रहेको कार्यकारी सचिव गणेश घिमिरेले बताए ।

पार्कमा आउने पर्यटकका लागि पूर्वका पर्यटकीयस्थल इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका स्थानहरुमा प्याकेजमा भ्रमण गराउने कार्यकारी सदस्य विनोद सापकोटाले जानकारी दिए । उनले भने पर्यटकले सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पुगेर मनोरञ्जन लिन सक्ने छन् ।

कार्यक्रममा शिवसताक्षि नगरपालिका ८ का अध्यक्ष केहरसिंह बस्नेत, उद्योग बाणिज्य संघ शिवसताक्षिका अध्यक्ष भोला मैनालीलगायतले शिवसताक्षीमा पूर्वको ठुलो पार्क संचालनमा आउदा सिंगो झापाकै पर्यटन विकासमा टेवा पुग्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर