Aamsanchar

नेत्रविक्रम चन्द समूह र माओवादी केन्द्रबीच भयो यस्तो तीन बुँदै सहमति

Author Image
शनिवार, फागुन २९, २०७७

काठमाडौँ — नेत्रविक्रम चन्द समूह र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदै सहमति भएको छ ।शनिबार चन्द नेतृत्वको नेकपा र माओवादी केन्द्र  क्रान्तिकारीबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्नेलगायत ३ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार दुवै पार्टीले दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागी बनाउने निर्णय भएको संयुक्त विज्ञप्तमा उल्लेख छ । सरकारसँग सहमति गरेर प्रतिबन्ध फुकुवा भएसँगै चन्दले भेटघाट तथा औपचारिक कार्यक्रमहरुमा सहभागी हुन थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर