Aamsanchar

आफ्नै संघबाट झापाका दुई पत्रकार पुरस्कृत

Author Image
शनिवार, फागुन २९, २०७७

बिर्तामोड । झापाका दुई पत्रकारलाई पत्रकार महासंघ झापाले पुरस्कार प्रदान गरेको छ।

नेपाल पत्रकार महासंघ झापा शाखामा स्थापित मोतीराम पत्रकारिता पुरस्कार झापाका पुराना पत्रकार गोविन्दचन्द छेत्री र केटो पत्रकारिता पुरस्कार गीताकुमारी ढुंगानालाई हस्तान्तरण गरिएको हो ।

छेत्रीलाई ५१ हजार र ढुंगानालाई १५ हजार राशीको पुरस्कार हस्तान्तरण गरिएको हो ।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उनीहरूलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । झापाका जेठा पत्रकार छेत्री ७७ वर्षीय छन् । उनी ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका झापा संवाददाता हुन्। ढुंगाना हिमशिखरमा कार्यरत छिन्। केटो पत्रकारिता पुरस्कार पाउने ढुंगाना झापाकी पहिलो महिला पत्रकार हुन् ।

तत्कालीन मेची अञ्चलको जेठो पत्रिकाको नाममा केटो पुरस्कार स्थापना गरिएको हो।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारमणी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि आचार्य, पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, पूर्व महासचिव चन्द्र भण्डारी, महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष एकराज गिरीले गरेका थिए भने संचालन सचिव सन्तोष आचार्यले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर