Aamsanchar

सुरुंगामा रि–ईन्जिनियरिङ बिजनेस तालिम सम्पन्न

Author Image
शनिवार, फागुन २९, २०७७

कनकाई । उद्योगी, व्यवसायीहरु आधुनिक युग र बढलो सुचना प्रविधीमा समय साक्षेपतालाई कसरी बुझने र उद्यम व्यवसायमा स्वस्थ प्रतिस्पर्दा गर्दै सफल व्यवसायी बन्ने भन्ने बारेमा सुरुंगा जेसीज र कनकाई उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा एक दिन रि–ईन्जिनियरिङ बिजनेस तालिम सम्पन्न भएको छ ।

शुक्रबार जेसीज भवनमा भएको कार्यक्रममा जेसीज सदस्य, स्थानिय व्यवसायी गरि १ सय भन्दा धेरैले तालिम लिएका थिए । तालिममा नेपाल जेसीजका वरिष्ठ प्रशिक्षक राजाबाबु साह र भारतबाट आएका सिए प्रितम गोस्वामीले सहजीकरण गरेका थिए ।

सुरुंगा जेसीजकी विनिता मैलानीको संयोजन र कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलालको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा वीरता लेडी, बुधबारे, वीरता, अर्जुनधारा जेसीज लगायतका शाखाहरुबाट अध्यक्ष तथा सदस्यहरु, स्थानियन जनप्रतिनिधीहरु र नव व्यवसायीहरुको उल्लेखनिय सहभागिता रहेको सुरुंगा जेसीजकी अध्यक्ष यदुका ओली उप्रेतीले जानकारी दिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)