Aamsanchar

नेपालमा पहिलो पटक १ वर्षभन्दा कम उमेरका बच्चामा कलेजो प्रत्यारोपण

Author Image
आइतवार, चैत १, २०७७

नेपालमा पहिलो पटक १ वर्षभन्दा कम उमेरका बच्चामा कलेजो प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार राति ११ महिनाका एक जना शिशुमा कलेजो प्रत्यारोपण भएको हो। त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीले दिएको जानकारी अनुसार काभ्रे घर भएका ३५ वर्षीय बाबुले आफ्ना छोरालाई कलेजो दिएका हुन्। ती बच्चाको जन्मदेखि नै कलेजोमा समस्या थियो।

‘उहाँहरू विदेशमा उपचार गर्न जानु पर्‍यो भनेर प्रधानमन्त्रीकहाँ सहयोग माग्न जानुभएको रैछ,’ डाक्टर भण्डारीले भने,’प्रधानमन्त्रीज्यू, त्यसको उपचार नेपालमै हुन्छ। टिचिङ अस्पतालमा जानुस् भनेपछि हाम्रो सम्पर्कमा आउनु भएको हो।’ अहिले बाबु र छोराकै स्वास्थ्य सामान्य रहेको डाक्टर भण्डारीले बताए। डाक्टर भण्डारी र उनको टिमले २०७६ जेठमा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो। त्यसयता पाँच जना बिरामीको कलेजो प्रत्यारोपण भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर