Aamsanchar

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, पार्टीको संगठन पुनर्संरचनाबारे पनि छलफल हुने

Author Image
आइतवार, चैत १, २०७७

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय पेरिसडाडाँमा सुरु भएको छ । अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिकाबारे छलफल हुँदैछ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदैछन् । तीन वर्षपछि माओवादी अलग भएकाले पार्टीको संगठन पुनर्संरचनाबारे पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर