Aamsanchar

१५ दिन अघि पेन्सन लिन घरबाट निस्केका वृद्धको शव फेला

Author Image
आइतवार, चैत १, २०७७

ओखलढुंगा –ओखलढुंगाको मोलुङ गाउँपालिका-५, का एक वृद्धको शव फेला परेको छ। फागुन १६ गते पेन्सन लिन घरबाट निस्केका ६६ वर्षीय शंकर तामाङ मृत भेटिएका हुन्। प्राप्चाको पाखाबारी गोरेटो बाटो नजिक शनिबार मृत अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

फागुन १६ गते घरबाट निस्केपनि तामाङ फर्किएका थिएनन्‌। उनलाई बिहीबार पाखाबारीका स्थानीयबासीले देखेको बताएका छन्‌। शुक्रबार बेलुका मादक पदार्थ सेवन गरेर घर फर्कने क्रममा उनको लडेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। बाटोबाट करिब ३० मिटर तल लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको थियोे। प्रहरीले मृतकको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर