

काठमाडौं – आज देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ।

साँझपख कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना छ।


महाशाखाका अनुसार केही क्षेत्रमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Views: 193

