Aamsanchar

आज राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने

Author Image
सोमवार, चैत २, २०७७

काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनु भएको छ । दिउँसो ४ बजे उहाँले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २३ गते कोरोनाविरुद्धको खोप लगाउनु भएको थियो । प्रधानमन्त्री ओलीले खोप लगाउँदै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप वितरण भइरहेको छ ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर