Aamsanchar

झापाको बिएण्डसीलाई सम्बन्धन दिन लागिएको भन्दै बीपी प्रतिष्ठानका चिकित्सक आन्दोलित

Author Image
सोमवार, चैत २, २०७७

धरान- झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्रालयले क्षेत्राधिकार बाहिर गएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौं विश्वविद्यालयबीच गरिएको गोप्य समझौताको विरोध गर्दै प्रतिष्ठानका चिकित्सकहरु आन्दोलित भएका छन् ।

स्वास्थय मन्त्रालय अन्तर्गत रहेको प्रतिष्ठानलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काडमाडौं विश्वविद्यालयको सभामा ठाडो प्रस्ताव लगि बिएन्डसीलाई सम्बन्धन दिन निर्णय गराएपछि प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुले आइतबारदेखि आन्दोलन थालेका छन् ।

शिक्षामन्त्री श्रेष्ठले गत बुधवार बीपी प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरी र काठामाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापालाई मनत्रालयमा बोलाइ समझदारी पत्रमा विएण्डसीलाई सम्बन्धन दिन हस्ताक्षर गराएका थिए । उक्त समझादारी पत्र गोप्य राखिएको भन्दै प्रतिष्ठानका चिकित्सकहरुले उपकुपति गिरीको कार्यशैली विरुद्ध आन्दोलन सुरु गरेका हुन् ।

विएण्डसीलाई सम्बन्धन दिने समझदारीपत्रमा तत्काल काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने र त्यसको प्राज्ञिक गतिविधि परीक्षा, निरीक्षण प्रतिवेदन प्रतिष्ठानले तयार गर्ने उल्लेख गरिएको छ । प्रतिष्ठानले आफ्नो ऐन संशोधन गरेर सम्बन्धनको बाटो खोलेपछि काठमाडौं विश्वविद्यालयमा रहेको सम्बन्धनलाई धरानमै सार्ने समेत सहमतिपत्रमा उल्लेख गरिए पश्चात प्रतिष्ठानका चिकित्सकहरुले आपत्ति जनाएका छन् । महासचिव रिमालले मेडिकल कलेजलाई सम्बन्धन जस्तो प्राज्ञिक निर्णयमा विश्वविद्यालय र उपकुलपतिहरु निरह भन्नु गैरकानुनी भएको बताए ।

प्रतिष्ठानको मेडिकल तथा डेण्डल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पखरेलको नेतृत्वमा चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरुले उपकुलपति गिरीको कार्यकक्ष अगाडी धर्ना दिएर विरोध जनाएका छन् । शिक्षा मनत्रालयमा गरिएको गोप्य सहमति खारेज नगरिए आन्दोलन शसक्त बनाउने चिकित्सकहरुले चेतवनी दिएका छन् ।

समाजका अध्यक्ष पोखरेलले उपकुलपति गिरी प्रतिष्ठानको उपकुलपति भएर आएपछि प्रतिष्ठानको हितमा भन्दा पनि अहितमा काम गरेका कारण प्रतिष्ठानको अवस्था धरासायी बनाएको आरोप लगाए । उनले कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिन प्राज्ञहरुको सुझावका आधारमा दिनु पर्ने भए पनि प्रधानमन्त्रीले आमसभामा बोलेको भाषणका आधारमा शिक्षामन्त्रीले दवाद दिएर बिएन्डसीलाई सम्बन्धन दिन लागिएको प्रकृया अत्यन्तै गलत भएको बताए ।

कुनै पनि मेडिकल कलेजलाई अनुमति दिदा ऐन, नियम र प्राज्ञिक संस्थाहरुको क्षेत्राधिकार भित्र रहे पनि गलत बाटोबाट बिएन्डसीलाई सम्बन्धन दिन लागिएको पाखेरेलले बताए । उनले सरकारले बिएण्डसीलाई सम्बन्धन दिएर बीपी प्रतिष्ठानलाई समेत धरासायी बनाउन खोजेको आरोप लगाए ।

समाजका महासचिव सूर्यप्रसाद रिमालले प्रतिष्ठानका उपकुलपति गिरीले मोरङको सुन्दरहरैचामा भएको प्रतिष्ठानको जग्गा समेत अवैध तरिकाले प्रदेश सरकारलाई दिएको आरोप लगाए । उनले प्रतिष्ठानका पदाधिकारीहरु प्रतिष्ठानको काम गर्न छाडेर क्षेत्रअधिकार बाहिर गएर काम गर्दा प्रतिष्ठानकै गरिमामाथि आच आएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर