Aamsanchar

इन्धन तस्करीमा संलग्न दुईजना भारतीय मोरङ प्रहरीको नियन्त्रणमा

Author Image
सोमवार, चैत २, २०७७

विराटनगर –इन्धन तस्करीमा संलग्न रहेको आरोपमा दुईजना भारतीयलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत अररिया मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय ईमरोज आलम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतको बरौनीबाट इन्धन लिएर आएको ट्याङकरले तेल अनलोड गरेर फर्किने समयमा डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

शनिबार पेट्रोल लिनका लागि भारत जाने तयारीमा रहेको को १ ख ५११२ नम्बरको ट्याङकर चेकजाँच गर्दा दुई हजार ६ सय ६० लिटर डिजर बरामद भएको थियो। अत्याधुनिक लकिङ गरिएका टयाङकरमा इन्धनको ढुवानी हँदै आएको छ।

तीन दिन अगाडि फागुन २९ गते को १ ख ५११२ नम्बरको टयाङ्कर भारत फर्कनका लागि नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा लकिङ सिस्टम लगाउने क्रममा तेल भेटिएको हो। घटनापछि आयल निगमले मोरङ प्रहरीलाई जानकारी दिएको थियो।

पक्राउ परेकालाई नेपाल आयल निगमको बिनियम तथा प्रचलित कानुन विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुवावट गरेको अभियोगमा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी गरिरहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर