Aamsanchar

लहान मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा मण्डल पक्राउ

Author Image
सोमवार, चैत २, २०७७

जनकपुरधाम – ८ जना घाइते हुने गरी सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लहान नगरपालिकाका-३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । सशस्त्र प्रहरीले मण्डललाई नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।

आइतबार मध्यान्ह मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएकाा थिए । गम्भीर भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनलाई बीर अस्पतालको ट्रमा सेन्टरमा राखेर उपचार भइरहेको छ ।

मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्स मार्फत उपचारका लागि विराटनगर लगिएको छ भने बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको छ । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)