Aamsanchar

ऐन अनुसार मेडिकल कलेजको सम्बन्धन मागेको हो : दुर्गा प्रसाईं

Author Image
मङ्गलवार, चैत ३, २०७७

कठमाडौं । स्वदेशमै लगानी स्वदेशमै रोजगारी, ‘समृद्ध नेपाल, सुखी नेपाली’ संघियता, गणतन्त्रको मुल उदेश्य भनिएको छ, कानून पनि बनाईएको छ । संघियता कार्यनयनको चरण लगभव पूर्ण हुदै गएको आजको अबस्थामा कतिपय नीजि क्षेत्र अझै पनि केन्द्रको फन्दामा र पञ्जा बाहिर आउन मुस्किलमा रहेको छ । त्यस्तै मेडिकल क्षेत्र (मेडिकल कलेज) एक उदाहण देखिएको छ । कानूनले निर्देशित गरेको अधिकार प्राप्त गर्नबाट नागरिक लगानीकर्ताहरु बन्चित बनेका छन् । नागरिकले गरेको अरबौं लगानी माथी खेलबाड गर्ने काम भईरहेको भन्दै झापाको बिर्तामोड स्थित प्रस्तावित मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ उपदफा ६ अनुसार तत्काल सम्बन्धन पाउनुपर्ने माग गरेका छन् ।

संचालक प्रसाईले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सो उपदफामा उपत्यका बाहिर संचालन हुन चाहाने मेडिकल कलेजलाई आयोगले सहमति दिन कुनै वाधा नपर्ने भन्दै बिएण्डसीले तत्काल सम्बन्धन पाउनुपर्ने जिकिर गरे । ‘नियम कानुनअनुसार सबै प्रक्रिया पुरा भएको छ’, उनले भने, ‘संरचना पनि मापदण्ड अनुसार सबै छ तर किन सम्बन्धन नपाउने त ?’ उनले ऐनको सोदफाको उपदफा ६ मा उपत्यका बाहिर खोलिएका र मापदण्ड पुगेका शिक्षण संस्थाको हकमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नरोकेको बताए ।

‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि उक्त ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिइ मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा यो प्रावधान लागु हुने छैन । काठमाडौँ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले बाधा पुग्ने छैन ।’ ,चिकित्सा शिक्षा ऐनको सो उपदफामा उल्लेख छ ।

ऐनमा यस्तो लेखिएको छ ।

उता प्रा.डा. गोविन्द केसीले ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिए अनसन बस्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा बिएन्डसी अस्पताललाई चिकित्सा शिक्षा ऐनविपरित सम्बन्धन दिन लागिएको भन्दै डा केसीले अनसनको चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ऐनविपरित बिएन्डसीलाई सम्बन्धन दिन बुधबार चिकित्सा शिक्षा आयोगको बैठक बोलाइएको विषय उल्लेख गर्दै डा केसीले अनसन बस्ने चेतावनी दिएका छन्।

‘बिएन्डसीलाई अवैध रुपमा सम्बन्धन दिलाउनका लागि भोलि चैत्र ४ गते चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर प्रधानमन्त्री आफैंले चिकित्सा शिक्षा आयोगको बैठक बोलाउन लगाएको भन्ने सुचना अहिले आइरहेको छ’ डा केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘आयोगका पदाधिकारीलाई सम्बन्धन दिन नमानेमा अख्तियारमा हालै अवैध रुपमा नियुक्त गरिएका पदाधिकारीमार्फत मुद्दा लगाउनेसम्मका धम्कीसमेत दिएका छन्। त्यसरी आयोगको बैठक बोलाएर ऐनविपरीत जबर्जस्ती सम्बन्धनको प्रक्रिया अघि बढाएको खण्डमा प्रधानमन्त्री ओलीको राजीनामाको मागसमेत राखेर तत्काल सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।’

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर