Aamsanchar

बागलुङ र काठमाडौंबाट गरी ३ ओटा नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना पक्राउ

Author Image
बुधवार, चैत ४, २०७७

काठमाडौं- दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका-२ का ३७ वर्षीय कमल सुनारलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।

थापाले बागलुङबाट एउट मितिमा दुई फरक-फरक नामबाट दुईवटा नागरिकता लिएको र काठमाडौंबाट समेत अर्को नागरिकता लिई दुरुपयोग गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनाले बागलुङबाट कमल सुनार र कमल थापा, काठमाडौंबाट कमल सुनुवार नामबाट नागरिकता लिएको पाइएको छ ।

प्रहरीले उनको साथबाट नागरिकता कमल सुनार र कमल सुनुवार नामका दुईवटा नागरिकताको सक्कल प्रति र एउटा राहदानी पनि बरामद गरेको छ । सुनारले यी नागरिकता पेस गरेर विभिन्न सरकारी कार्यालयबाट सेवासमेत लिइसकेको पाइएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर