Aamsanchar

प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित बिर्तामोडका १ जना पक्राउ

Author Image
बुधवार, चैत ४, २०७७

झापा- प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने २१ वर्षिय मानव राजबंशी पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची खोलाबाट बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट १ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन फेला परेको छ । निजलाइ आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय काकरभिट्टामा राखिनुका साथै झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही प्रकृया अगाडी बढाईने प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर