Aamsanchar

एकाविहानै वीरता जेसीजमा खुशीयाली

Author Image
बिहिवार, चैत ५, २०७७

बिर्तामोड । झापाको बिर्तामोड स्थित वीरता जेसीज सचिवालयमा बिहिबार विहाननै एक व्यक्ती धेरै खुशी देखिएका थिए, उनको खुशीलाई लिएर उपस्थित जेसीज पदाधिकारीहरु पनि उत्तिकै खुशी देखिएका थिए । त्यो खुशीयालीको कारण थियो जग्गा धनीपुर्जा वितरण ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा अस्थाई बसोबास गर्ने काठ फर्निचरमा मजदुरी गर्दै आएका टिपी धिमाल आफ्नो परिवारलाई पालनपोषण र उचित व्यवस्थापन गर्न नसकी रहेको अवस्थाई बुझेर आधारभूत दिगो बासस्थानको लागि वीरता जेसीजका अध्यक्ष राजिव धिमालले आफ्नो तर्फबाट अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा १० धुर जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा वीरता जेसीजले घर पनि बनाई दिने घोषणा गरेको छ ।

वीरता जेसीजका अध्यक्ष राजिव धिमालको अध्यक्षतामा आयोजित धनीपुर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालीकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले राजमिस्त्री धिमाललाई धनीपुर्जा हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा अध्यक्ष धिमालले छिट्टै जेसीजको तर्फबाट घर निर्माणकार्य थालिने र त्यस कार्यका लागि सहयोगी दाताहरुलाई सहयोग गरिदिन आग्रह पनि गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर