Aamsanchar

अनलाइनबाट विद्युत महशुल भुक्तानी गर्दा थप शुल्क लाग्ने

Author Image
बिहिवार, चैत ५, २०७७

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५०१ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो ।

यसअघि प्राधिकरणले अनलाइन भुक्तानीमा कुनै पनि शुल्क लिन सेवा प्रदायकलाई अनुमति दिएको थिएन । तर, सेवा प्रदायकले यस्तो शुल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए । प्राधिकरणले अब भुक्तानी सेवा प्रदायकलाई अनलाइन भुक्तानीबापत शुल्क उठाउन अनुमति दिने भएको छ । यसले उपभोक्तालाई अनलाइन भुक्तानी गर्न निरुत्साहित गर्ने जोखिम हुने प्राधिकरणका अधिकारीहरु नै बताउँछन् ।

प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो सेवा शुल्कको शर्त पालना गर्ने गरी बिजुलीको बिल भुक्तानी गर्ने सेवा प्रदायकका रुपमा छनोट हुन प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले प्रतिकारोबार ५ रूपैयाँ प्रस्ताव गरेपनि कम्पाीले सो भन्दा कम सेवा शुल्क प्रस्ताव गर्न सक्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर
ह्वातै घट्यो सुनको भाउ
बिहिवार, कार्तिक २२, २०८१
सुनको भाउ आज
बुधवार, कार्तिक २१, २०८१