काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । यसबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी)रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यसतर्फ गएको छ । अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 310