

काठमाण्डौ-सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा महावीर युथ क्लब र वीरगञ्ज युथ एकेडेमी खेल्दैछन् ।

यस्तै साढे तीन बजे वीरगञ्ज युनाइटेड क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच खेल हुनेछ । आउँदो चैत २४ गतेसम्म चल्ने लिगमा १४ टीम सहभागी छन् ।
Views: 639


