Aamsanchar

एमालेले पार्टीभित्र गुटबन्दी गर्नेहरूलाई स्पष्टीकरण सोध्‍ने

Author Image
शनिवार, चैत ७, २०७७

काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीभित्र गुटबन्दी गर्नेहरूलाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको छ। बालुवाटारमा बसेको संसदीय दलको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको सांसद शेरबहादुर तामाङले बताए। उनले भने, ‘पार्टीभित्र गुटगत गतिविधि हुने अवस्था रहेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको छ। पार्टीभित्र सबैले सहभागी भएर कुरा राख्न सक्छ। तर, कसैले गुटगत रूपमा आफ्नो कुरा राख्दैन। त्यो छुट कसैलाई हुँदैन।’ संसदीय दलको बैठक कुन ठाउँमा बस्ने भन्ने त्यसको कुनै फरक नपार्ने उनले तर्क छ।

‘बैठकको स्थानको विषयमा कुनै मतलव हुँदैन। दल नेताले बैठकले जहाँ बैठक राखेको छ त्यहीँ उपस्थित हुनुहुन्छ’ उनले भने, ‘उहाँले सडकमै बोलाउनुहुन्छ भने पनि हामी बस्न तयार हुनुपर्छ।’ केही संसदीय बोर्डको बैठक बसेर गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने उनले बताए।

‘संसदीय दलको नेताले कारबाही प्रक्रिया अगाडि बढाउने संकेत गर्नुभएको छ। उहाँहरूले आफ्नो धारणा लिखित रूपमा पत्र पठाउनुभएको छ। त्यसको बारेमा पनि छलफल हुन्छ’ उनले भने, आवश्यकताअनुसार बोर्डले निर्णय गर्छ।’ प्रधानमन्त्री ओलीले गुटको कुरा नसुन्ने कुरा बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। ‘उहाँले बैठकलाई गुटको कुरा सुनिन्‍न भन्नुभएको छ। तर, पनि उहाँले पार्टीलाई एकताबद्ध गराउने प्रयास जारी राख्नुभएको छ’ उनले भने, ‘उहाँहरूले पत्र दिनुभएको छ। त्यो पत्रको विषयमा पनि छलफल हुन्छ।’

माधव नेपाल समूहको सांसद सोम पाण्डेले संसदीय दलको बैठकमा आएर आफ्नो मागपत्र बुझाएको समेत बताए। पार्टीको विधान संशोधन गर्नका लागि केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेसमेत बताए। ‘वामदेव गौतमले पार्टी एकताको प्रयासलाई निरन्तर राख्ने बताउनुभएको छ। पार्टी एकतालाई गरेर जाने विषयमा औपचारिक रूपमा बैठकमा दर्ज गर्नुभएको छ’ उनले भने, ‘उहाँको पहललाई सबैले सम्मान गरेका छौँ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर